११ महिनाअघि संसदमा दर्ता भएको नागरिकता सम्बन्धी विधेयक अझै टुङ्गोमा पुर्याइएको छैन । विधेयकमा देखिएका विवादमा सहमति जुटाउन संसदको राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेको उपसमितिले एकपटक पनि छलफल नगरी म्याद गुजारेकै अढाइ महिना भइसक्यो । जसका कारण विधेयक अब के हुन्छ भन्ने अन्योल बढेको छ ।
गत वर्ष साउन २२ गते संसदमा दर्ता भएको नागरिकता सम्बन्धी विधेयक दफावार छलफलका लागि प्रतिनिधिसभाले असोज ५ गते राज्य व्यवस्था तथा शुसासन समितिमा पठायो । समितिले सरोकारवालालाई समेत बोलाएर ६ महिनासम्म पटक पटक बैठक गरी छलफल गर्यो । सहमति नजुटेपछि
समितिले चैत ७ गते दुई साताको समय दिएर विवाद टुङ्ग्याउन ९ सदस्यीय उपसमिति गठन गर्यो । तर उपसमितिले बैठक नै नगरी म्याद गुजार्यो । उपसमिति गठनयता समितिमा पनि विधेयकमाथि छलफल भएको छैन । जसका कारण विधेयक अब कसरी अगाडि बढ्छ भन्ने अन्योल छ ।
विधेयकमा खासगरी अंगीकृत नागरिकता र नागरिकता कसुरको दण्ड-सजाय सम्बन्धी व्यवस्थामा विवाद छ । जबरजस्ती करणी र विवाहेतर सम्बन्धबाट जन्मिएकालाई कसरी नागरिकता दिने भन्ने विषयमा सहमति जुटाउन समितिलाई सकस परेको छ । कतिपय सदस्यले त विवाद टुंग्याउने संयन्त्रमा बसेर जिम्मेवारी नलिने तर बाहिर चर्का भाषण गरेको पनि देखियो । विवाद टुंग्याउने मूल जिम्मेवारी पूरा गर्नुपर्ने समितिका सदस्यहरू नै जिम्मेवारीबाट भाग्नुले तत्काल यो समस्या समाधान नहुने देखिन्छ ।
नागरिकता वितरणको विषय राष्ट्रियता र राष्ट्रिय सुरक्षासँग जोडिएकाले छलफलमा समय लाग्नु अस्वाभाविक होइन । तर विषयवस्तु जति गम्भीर छ, त्यो हदसम्मको गम्भीरता छलफलमा देखिएको छैन । समितिमै विधेयक अड्किंदा संविधानले गरेको व्यवस्था कार्यान्वयन हुन सकेको छैन । त्यसैले विधेयकलाई जतिसक्दो चाँडो टुङग्याउन राजनीतिक नेतृत्वले पनि चासो दिनुपर्छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
११ महिनाअघि दर्ता भएको नागरिकता विधेयक संसदीय समितिमा अल्झेको अल्झ्यै | Kantipur Samachar news headlines uk | |
| 11 Likes | 11 Dislikes |
| 597 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 22 Jun 2019 |
Không có nhận xét nào:
Đăng nhận xét