आर्थिक वर्ष सकिन अब केहि दिन मात्र बाकी रहदा स्थानीय तहमा अहिले विकास निर्माणका काम देखाइ बजेट सक्ने काम भइरहेको छ । वर्षभरि कामै नगरेका जनप्रतिनिधि अहिले कागजी उपभोक्ता समिति बनाएर ठेकेदारबाटै काम गराइरहेका छन् ।
जनतालाई संलग्न गराई रोजगारी र अपनत्वसमेत हुने गरी विकास निर्माण काम गर्न उपभोक्ता समितिको अवधारणा ल्याइएको हो । तर धनुषामा उपभोक्ता समितिको नाममा निकासा भएको बजेट पनि ठेक्का लगाउने प्रवृत्ति बढेको छ । वर्षभरि योजना सम्झौता नहुने र आर्थिक वर्षको अन्तिममा हतार हतार काम देखाउने परिपाटी बढदै गएपछि उपभोक्ता समितिद्वारा गराइने विकास निर्माणका काम पनि जनप्रतिनिधिले धमाधम ठेक्का लगाउन थालेका हुन् ।
रकम फछ्र्योट गर्ने बेलामा हतारमा गरिने काम गुणस्तरीय नहुने र बजेट खर्च मात्र हुने स्थानीयवासी बताउाछन् ।
आफ्ना मानिसलाई कागजी उपभोक्ता समितिमा राखेर ठेक्कामार्फत गरिने गुणस्तरहिन कामको अनुगमन गर्ने निकाय पनि मुकदर्शक बनेका छन् ।
स्थानीय आवश्यकताका आधारमा योजना छनोट हुने र समुदाय परिचालन गर्न पनि सहज हुने भएकाले विकास निर्माणका धेरै कामको जिम्मेवारी स्थानीय तहलाइ नै दिइएको हो । तर स्थानीय तहमा पनि आर्थिक वर्षको अन्त्यमा मात्र देखाउनका लागि काम गर्ने र बजेट सक्ने प्रवृत्ति मौलाउनु विडम्बनापूर्ण छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
आर्थिक वर्षको अन्त्यमा देखावटी काम गरेर बजेट सक्ने प्रवृत्ति मौलाउँदो | Kantipur Samachar developmental | |
| 20 Likes | 20 Dislikes |
| 877 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 22 Jun 2019 |
Không có nhận xét nào:
Đăng nhận xét