सरकारले पाँच करोड बिरुवा रोपेर आगामी आर्थिक वर्षलाई वृक्षरोपण वर्षका रुपमा मनाउने घोषणा गरेको छ । तर त्यसका लागि आवश्यक पर्ने बिरुवा व्यवस्थापन कहाँबाट गरिन्छ भन्ने प्रश्नको जवाफ स्वयं वन तथा वातावरण मन्त्रालयसँग नै छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार काठमाडौंको कोटेश्वरमा नासपातीको बिरुवा रोपेर वृक्षरोपण अभियानको शुभारम्भ गरे । आगामी आर्थिक वर्ष पाँच करोड बिरुवा रोप्ने योजनालाई साकार पार्ने भन्दै मन्त्री र वन मन्त्रालयका अधिकारीले पनि वृक्षरोपणमा सहभागी भएर फोटो खिचाए । तर पाँच करोड बिरुवा कहाँबाट ल्याउने भन्नेबारे मन्त्रालय नै अनभिज्ञ छ । त्यसैले मन्त्रालय मातहतको वन तथा भूसंरक्षण विभागले एक करोड पचास लाख र अन्य निकायले साढे ३ करोड बिरुवा रोप्ने भनिएको योजना सुरूमै अन्योलपूर्ण देखिएको छ ।
फलफूलका मात्र एक करोड पचास लाख बिरुवा रोप्ने भनिए पनि मन्त्रालयको पहुँचमा सबै खालका गरी अहिले एक करोड मात्र बिरुवा छन् । बिरुवाको व्यवस्थापन कसरी गर्ने भन्ने योजना नै नभएको मात्र होइन, रोपिएका बिरुवाको हेरचाह कसले र कसरी गर्ने भन्ने कार्यक्रम पनि छैन । यही कारण यअसघिका वृक्षरोपण अभियान पनि बजेट सक्ने मेलो मात्र बनेका थिए ।
वृक्षरोपण गरेर हरियाली बढाउने योजना आफैंमा राम्रो हो । तर वन मन्त्रालय र सरोकारवाला निकायले पर्याप्त तयारी नगरेकाले यसपटक छुट्याइएको साठी करोड रुपैयाँ पनि यसअघि जस्तै निष्फल नहोला भन्न सकिन्न ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
पाँच करोड बिरुवा कहाँबाट ल्याउने ? Kantipur Samachar news headlines uk | |
| 82 Likes | 82 Dislikes |
| 4,035 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 2 Jul 2019 |
Không có nhận xét nào:
Đăng nhận xét