एकपछि अर्को विधेयक विवादित भइरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रै सरकारको आलोचना भएको छ । सरकारले पार्टीभित्र छलफल नै नगरी विधेयक ल्याएका कारण चौतर्फी विरोध भएको भन्दै नेकपाको सचिवालय बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भएको हो ।
प्रधानमन्त्री निवास बालवाटारमा हिजो बसेको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले महत्वपूर्ण विधेयकबारे पार्टीभित्र आवश्यक छलफल नै नगर्नु सरकारको कमजोरी भएको बताए ।
आइन्दा सरकारले आफ्ना काम र योजनाबारे पार्टीभित्र छलफल गर्नुपर्ने दाहालको भनाइ थियो ।
उनको भनाइमा वरिष्ठ नेता झलनाथ खनाल र अर्का नेता वामदेव गौतमले पनि समर्थन जनाए । खनालले पार्टीभित्र छलफल नगरी विधेयक ल्याइएका कारण पार्टीका नेताले स्वामित्व लिन नसकेको भनाइ राखे ।
सवा दुई घण्टासम्म चलेको बैठकको सुरुमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले युरोप भ्रमणबारे जानकारी गराएका थिए । बैठकमा नेताहरुको कार्यविभाजन, ७७ जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्ज चयन तथा राजनीतिक प्रतिवेदनमाथि भने छलफलै भएन ।
तयारी नपुगेकाले आवश्यक गृहकार्य गरेर फेरि बैठक बस्ने नेताहरुले बताएका छन् ।
शीर्ष नेताले आफू निकटका नेतालाई दोहोरो जिम्मेवारी दिन खोजेको भन्दै कार्यविभाजनमा विवाद छ । पूर्वएमाले र माओवादी केन्द्रबीच १३ महिनाअघि एकता भइ गठन भएको नेकपाका नेताहरु अझै जिम्मेवारीविहीन छन् ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
विधेयक निर्माणमा हचुवापन देखिएको भन्दै नेकपा सचिवालय बैठकमा सरकारको आलोचना | Kantipur Samachar news headlines uk | |
| 24 Likes | 24 Dislikes |
| 1,283 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 22 Jun 2019 |
Không có nhận xét nào:
Đăng nhận xét