उदार अर्थतन्त्र अपनाए पनि पेट्रोलियम पदार्थ र नुनको आयातमा सरकारी कम्पनीको एकाधिकार छ । सरकारले कानुनी रुपमै निजी क्षेत्रलाई इन्धन र नुन आयात गर्नबाट रोकेको छ । ६३ वर्ष पुरानो निकासी पैठारी नियन्त्रण ऐन संशोधनमा अनिच्छाले सरकार नै एकाधिकार अन्त्यको पक्षमा नरहेको देखिएको छ । सरकारले पेट्रोलियम पदार्थमा नेपाल आयल निगमको एकाधिकार अन्त्य गर्ने बताउन थालेको १५ वर्ष भयो । तर निगमको एकाधिकार तोड्नका लागि कानुनमा भने संशोधन गरिएको छैन । निजी क्षेत्रले इन्धनको खरिद बिक्रीमा निगमसँग प्रतिस्पर्धाका लागि आफूहरु तयार रहेको बताउादै आए पनि यसमा ६३ वर्ष पुरानो निकासी पैठारी नियन्त्रण ऐन बाधक छ । तर सरकारले निजी क्षेत्रले प्रतिस्पर्धा गर्न पाउने गरी ऐन संशोधन गर्नुको साटो ऐनले दिएको अधिकार प्रयोग गरी असार २ गते निकासी पैठारी गर्दा पालना गर्नुपर्ने शर्त हेरफेर र केही वस्तुको निकासीमा रोक लगाएको छ । सरकारी स्वामित्वका संस्था बाहेकले इन्धन र नुन आयात गर्न पाउने विषय सूचनामा प्रष्टसँग राखिएको छैन ।
राजपत्रमा प्रकाशित सूचना अनुसार ढुंगा, गिटी, बालुवा, कााचो छाला, पाँच औंले, साल तथा पेट्रोलियम पदार्थ निर्यात गर्न पूर्णरुपमा बन्देज लगाइएको छ । सरकारले १० वर्षअघि पनि यसैगरी राजपत्रमा सूचना जारी गरेको थियो । त्यतिखेरका व्यवस्था र अहिलेको व्यवस्थामा खासै परिवर्तन छैन । ऐन समयानुकूल बनाउनुको साटो सरकार ऐनले दिएको अधिकार प्रयोग गरी सूचना जारी गर्नमा मात्र सीमित छ । जसका कारण सरकारले नै बजारलाई प्रतिस्पर्धी बनाउन नचाहेको त होइन भन्ने प्रश्न उठेको छ ।
एकाधिकारको कारोबारले संलग्न कम्पनीलाई फाइदा पुगे पनि उपभोक्ताले मार रहनुपर्छ । यसैले बजारलाई प्रतिस्पर्धी बनाउन कानुनमा समयानुकूल सुधारमा सरकारले ढिलाइ गर्नु हुादैन ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
पेट्रोलियम पदार्थ र नुन आयातमा सरकारी एकाधिकार ६३ वर्षमा पनि हटेन | Kantipur Samachar news headlines uk | |
| 53 Likes | 53 Dislikes |
| 2,399 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 22 Jun 2019 |
Không có nhận xét nào:
Đăng nhận xét